काठमाडौं – संसद अधिवेशन आव्हान भइसकेको अवस्थामा सरकारले सम्वैधानिक परिषद सहित ७ वटा अध्यादेश ल्याएको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाले विरोध जनाएका छन ।
आज प्रेस विज्ञप्ती जारी गर्दै देउवाले भनेका छन – ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
