Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले विश्वासको मत लिने , संसदको अंकगणित यस्तो छ


  • आइतबार, बैशाख १९ २०७८

  • प्रधानमन्त्रीले विश्वासको मत लिने , संसदको अंकगणित यस्तो छ

    काठमाडौं – सरकारले बैसाख २७ गतेका लागी प्रतिनिधि सभाको बैठक बोलाएको छ । यहि अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागी १ सय ३८ मत आवश्यक पर्दछ ।
    २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
    प्रधानमन्त्रीलाई विश्वासको मत लिन जनता समाजवादी निर्णयक देखिएको छ । जसमा भित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली प्रति लचिलो देखिएका छन भने उपेन्द्र यादव र डा बाबुराम भट्वराई पक्ष सर्मथन नगर्ने पक्षमा छन ।
    ओलीलाई आफ्नै पार्टी एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको समेत साथ प्राप्त हुने अथवा नहुने निश्चित छैन । विपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij