काठमाडौं – कोभिड – १९ को दोस्रो लहरले नेपाललाई पनि प्रभावित पारेपछी सरकारले काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । उक्त निषेधाज्ञाको पालना गर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले विज्ञाती जारी गर्दै अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्किन आग्रह गरेका छन । पहाडी जिल्लामा २०० भन्दा बढी र अन्य जिल्लामा ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
