Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध


  • मंगलबार, बैशाख ७ २०७८

  • त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    काठमाडौं– त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान०) जनाएको छ।
    कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको हो ।
    क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ।
    यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए। यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ।
    सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij