पोखरा – आहा–रारा गोल्डकप फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलमै स्तब्ध बनेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटा क्लबसँग १–० गोलले पराजित हुँदै मनाङ मर्स्याङ्दी प्रतियोगिताबाटै बाहिरिएको छ ।
अफ्रिकन खेलाडी फोफोनाको गोलले मनाङ मर्स्याङ्दीलाई पहिलो खेलमै पाखा लगाउँदै संकटा क्लबले विजयी शुरुवात गरेको छ । पहिलो हाफ हुन १ मिनेट मात्र बाँकी छँदा संकटाका फोफोनाले गोल गर्दै जित दिलाएका हुन् ।
४४ औं मिनेटमा फोफोनाले गरेको त्यो गोल नै संकटालाई सेमिफाइनलमा पुग्न काफी बन्यो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रका सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुवासले गरेको क्रस बललाई मनाङ मर्स्याङ्दीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सीधै गोलमा परिणत गरे ।
११ औं संस्करणमा पनि मनाङ पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले आरा–रारा गोल्डकपमा ६–६ पटक उपाधि जितेर रचेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
