बुटवल – नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले सांसद पद गुमाउने भएका छन् ।
सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारवाहीको पत्र पढेर सुनाउने भएका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारवाही गर्दै प्रदेश सभालाई पत्र पठाएको हो ।
सभामुखले सो पत्र पढेर सुनाएसँगै दुवै सांसदको पद गुम्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
