पोखरा – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको पोखरामा आयोजित भेलाबाट कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ । बिहीबार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।
नेता माधव कुमार नेपालको प्रमुख उपस्थितिमा आयोजित कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । गठित समितिले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताइएको छ ।
भेलामा माधव नेपाल र सुरेन्द्र पाण्डे सहित तुलबहादर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
