काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
