काठमाडौं – नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।
बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
