Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल भन्छन् – एमाले हाम्रो हो, ओली पार्टी छाडेर गए हुन्छ


  • मंगलबार, चैत्र १० २०७७

  • नेपाल भन्छन् – एमाले हाम्रो हो,  ओली पार्टी छाडेर गए हुन्छ

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने बताएका छन् ।

    मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

    उनले भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij