काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।
चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
