Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिक्रियावादीहरु यो संविधान स्वीकार्न सेकेका छैनन् – प्रचण्ड


  • आइतबार, चैत्र ८ २०७७

  • प्रतिक्रियावादीहरु  यो संविधान स्वीकार्न सेकेका छैनन् – प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगाडि आएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले भने देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेका छैनन् । ती सबै मिलेर एउटा धार बनेको छ । ती सबैले नेपालमा यो संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।
    ‘संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओली नै देखियो अध्यक्ष प्रचण्डले भने ।’
    प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए ।
    ‘उनीहरुलाई के लागेको छ भने समय लिँदै जाँदा दलितहरु पनि थाकिसके, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन’ प्रचण्डले भने ।
    प्रचण्डले आफूले तत्कालिन राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने उपलब्धी लिएर थप उपलब्धी लिनका लागि संघर्ष गरिरहेको जिकिर गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij