Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले संसदीय बोर्ड गठन, नेपाल र खनाल पनि मनोनित


  • बिहिबार, चैत्र ५ २०७७

  • एमाले संसदीय बोर्ड गठन, नेपाल र खनाल पनि मनोनित

    काठमाडौं– केपी ओली नेतृत्वको नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।
    प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल–नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।
    बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ। त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।
    बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने जनाइएको छ ।
    यसमा खनाल–नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij