काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ । यता नेपाल– खनाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
