Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेरियो, अब जनताको जनवाद पार्टी हुने


  • सोमबार, चैत्र २ २०७७

  • सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेरियो, अब जनताको जनवाद पार्टी हुने

    काठमाडौं । निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेरिएको छ । नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो ।
    आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको छ। सोही निर्णयानुसार आज आयोगमा पार्टीको नाम दर्ता गरिएको हो ।
    एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो । सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij