काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी बैठकमा उठेका विषयवस्तुलाई दस्तावेज बनाएर स्थायी कमिटीमा लैजाने भएको छ । बैठकमा प्रस्तुत विषयवस्तुलाई दस्तावेज बनाएर स्थायी कमिटीमा पेस गरिने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
ती विषयवस्तुलाई स्थायी कमिटीले पारित गरेपछि फेरि केन्द्रीय कमिटीमा प्रस्तुत गरिने बताइएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा २० नेताले धारणा राखेका थिए ।
माओवादी केन्द्रले आजै केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
