काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। शुक्रबार अपरान्ह ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने– समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।साथै जनता समाजवादी पार्टी नेपालले पनि कांग्रेससँग छलफल गर्न समय लिएको छ।
पौडेलका अनुसार जसपा नेताहरूसँग सभापति देउवालगायतले अपरान्ह ४ बजे बुढानिलकण्ठमा नै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
