Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विभाजित नेकपामा एकता प्रयास भइरहेको छ – भट्टराई


  • शुक्रबार, फाल्गुन २१ २०७७

  • विभाजित नेकपामा एकता प्रयास भइरहेको  छ – भट्टराई

    ताप्लेजुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

    एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।
    नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij