काठमाडौं – सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन ।
केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।
विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको टोली गठन गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
