काठमाडौं – नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा छन् ।
यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ । एन्फाले माघ ७ देखि फागुन ७ सम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको थियो । यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिने एन्फाले जनाएको छ ।
नेपालले विश्वकप छनोट अन्तर्गत अर्को महिना अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्नेछ र त्यसपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
