Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड–माधव समूहले प्रतिबद्धता पत्र बनाउन कार्यदल गठन


  • मंगलबार, फाल्गुन ४ २०७७

  • प्रचण्ड–माधव समूहले प्रतिबद्धता पत्र बनाउन कार्यदल गठन

    काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको छ ।

    संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको छ । गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
    प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत सदस्य छन् ।
    नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् । त्यसकै आधारमा समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij