Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफूलाई पदको कुनै लोभ छैन् – प्रचण्ड


  • मंगलबार, फाल्गुन ४ २०७७

  • आफूलाई पदको कुनै लोभ छैन् – प्रचण्ड

    चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई पदको कुनै लोभ नभएको बताएका छन् ।
    चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले
    ‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ ?’ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । उनले भने, ‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ?’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने बताए । संवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’

    संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।
    भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए ।
    संसद् पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाईंं नै हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले आफूलाई पदको कुनै लोभ नभएको बताए । यस्तै उनले ओलीले घोषणा गरेको चुनाव हुँनै नसक्ने पनि बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij