काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षकी नेत्रृ रामकुमारी झाँक्रीले रिहा गरेको छ । बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।
उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ ।’
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर उनलाई पक्राउ गरिएसँगै चौतर्फी रुपमा रिहाइको माग गएको थियो ।
गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
सोही आधारमा प्रहरीको चासो भन्दा पनि बालु्वाटारकै दबाबमा झाँक्रीलाई पक्राउ गरिएको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
