Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गयो – प्रचण्ड


  • शुक्रबार, माघ २३ २०७७

  • ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गयो – प्रचण्ड

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो । तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’
    उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे । ‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयौं ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij