Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुक्रबार हुने नेकपा ओली पक्षको सभालाई तीन शीर्ष नेताले सम्बोधन गर्ने


  • बिहिबार, माघ २२ २०७७

  • शुक्रबार हुने नेकपा ओली पक्षको सभालाई तीन शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा० केपी ओली पक्षको शुक्रबार हुने जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ शुक्रबार सो समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।
    काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने उक्त समुहका नेताहरुले बताएका छन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
    मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।

    सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij