Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने


  • सोमबार, माघ १९ २०७७

  • प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

    काठमाडौं– नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ । सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ ।

    आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
    उनले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताए ।यस्तै पार्टीका नेताहरु हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ ।

    साथै बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।
    यस्तै म्यानमारमा भएको सैन्य कुको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतलाई रिहा गर्न पनि बैठकले माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij