Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड–नेपाल पक्षद्धारा थप आन्दोलन कार्यक्रम घोषणा


  • सोमबार, माघ १२ २०७७

  • प्रचण्ड–नेपाल पक्षद्धारा  थप आन्दोलन कार्यक्रम घोषणा

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।  प्रचण्ड–नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा छ। पार्टीकी नेतृ पम्फा भुसालले माघ १३ गते सिठ्ठी जुलुस गरिने बताइन्।
    यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम गर्ने पनि उनीहरूले बताएका छन्। यसबीचमा माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने भुसालले बताइन ।
    प्रचण्ड–नेपाल पक्षले देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ। १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने उनले बताइन्।
    यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने उनीहरूले बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij