Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज नेकपा (प्रचण्ड–माधव) को स्थायी कमिटी बैठक बस्दै


  • आइतबार, माघ ११ २०७७

  • आज नेकपा (प्रचण्ड–माधव) को स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
    आइतबार साढे बाह्र बजे बैठक बस्ने जानकारी एक नेताले दिए ।
    शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्न लागिएको बताइएको छ ।
    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij