Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभा विघटनको बिरोधमा भोलि कांग्रेस टोखा नगरले र्याली गर्ने


  • शुक्रबार, माघ २ २०७७

  • प्रतिनिधि सभा विघटनको बिरोधमा भोलि कांग्रेस टोखा नगरले  र्याली गर्ने

    काठमाडौं – नेपाली कांग्रेस टोखा नगर समितिले प्रतिनिधि सभा विघटनको विरोधमा भोली माघ ३ गते शनिबार नगरमा विरोधी ¥यालीसहितको कोण सभा गर्ने भएको छ । नगर सभापति बसन्त श्रेष्ठका अनुसार नगरपरिक्रमा पछिको विरोध सभामा कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महत, सांसद भिमसेनदास प्रधान, क्षेत्रीय सभापति रमेश खड्कालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
    नगर सभापति श्रेष्ठको नेतृत्वमा हुने विरोध ¥यालीमा कांग्रेस सम्बद्ध सबै भातृसंस्था तथा शुभेच्छुक संघसंस्था तथा नगरका स्थानियको पनि उल्लेख्य सहभागिता रहने काग्रेस नगर समितिले जनाएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव रमेश नापितले गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij