जनकपुरधाम – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताएका छन् ।
मंगलबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए ।
प्रतिनिधिसभा बिघटन असंवैधानिक र चुनाव घोषणा संवैधानिक भएको बताउँदै नेता निधिले भने, ‘चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने जान्छ ।’
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
