काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे आफ्नो पार्टी निर्वाचनमा जाने बताएका छन । अदालतबाट न्याय भएन भने त्यो भन्दा ठूलो अदालत जनताको भएकाले निर्वाचनमा जानुपर्ने देउवाको भनाइ छ । तर प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्नेमा भने देउवाले आशंका व्यक्त गरे । देउवाल दाहाल – नेपाल समूहको नेकपामा पनि निर्वाचनमा जाने आशा व्यक्त गरे । आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आयोजना गरेको सभामा बोल्दै देउवाले आदालमा विचाराधिन विषयमा धेरै टिप्पणी नगर्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
