Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चुनाव वैशाख १७ गते नै हुन्छ -प्रधानमन्त्री


  • शुक्रबार, पुष २४ २०७७

  • चुनाव वैशाख १७ गते नै हुन्छ -प्रधानमन्त्री

    धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

    ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’
    चुनावको तयारीमा लाग्न आग्रह गर्दै उनले भने, ‘खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।’ ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

    कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ । प्रतिनिधिसभाको चुनाव हुन्छ ।’

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij