Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा प्रदेश २ को संसदीय दलमा महतो चयन, मण्डललाई हटाइयो


  • मंगलबार, पुष २१ २०७७

  • नेकपा प्रदेश २ को संसदीय दलमा महतो चयन, मण्डललाई हटाइयो

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डल पदबाट हटाएको छ। नेकपाको प्रचण्ड–नेपाल समूहको प्रदेशस २ को आज बसेको संसदीय दलको बैठकबाट मण्डललाई कारबाही गरी दलको नेताबाट हटाइएको हो।

    प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।

    यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।
    बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij