Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्ञानेन्द्र पथमा प्रधानमन्त्री – योगेश भट्टराई


  • मंगलबार, पुष २१ २०७७

  • ज्ञानेन्द्र पथमा प्रधानमन्त्री – योगेश भट्टराई

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको बताएका छन् ।

    मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए । ‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, भट्टराईले भने ।

    प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरुलाई ओलीले नेतृत्व गरेको उनले बताए । ‘संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं’, भट्टराईले भने । ओली अब प्रेस, नागरिक अगुवा र बुद्धिजिवीहरु विरुद्ध उभिने भट्टराईले आशंका गरे । तर, संविधान र मुलुक जोगाउन संयुक्त मोर्चा बनेर संघर्ष हुने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij