काठमाडौं – नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।
पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ । बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
