काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा जारी छ ।
पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।
यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ । शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
