काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सम्बैधानिक परिषद्को बैठक स्थगित गरेका छन । राष्ट्रपतिबाट जारी अध्यादेश औपचारिक रूपमा खारेज नगरी बैठक बोलाइए पछि नेकपा भित्र तरंग उत्पन्न भएको थियो। विहिवार अध्यादेश खारेज गर्ने सहमति नेकपा भित्र भएको थियो । कांग्रेसले पनि अध्यादेश खारेज गर्नु पर्ने निर्णय गरेको छ ।
प्रतिपक्षि दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने भएका थिए भने परिषद सदस्य सभामुख अग्नीप्रसाद सापकोटाले बैठकबारे अनविज्ञता जनाएका थिए । बैठक बोलाएको जानकारी पाए पछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई भेटेर आपत्ति जनाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
