काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका कारण सडकमा राजावादीहरुको प्रदर्शन भएको बताएका छन । कांग्रेसले आज हेटौडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले कोभिड नियन्त्रणका लागी सक्रिय हुनुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भए भएको बताए । कम्युनिष्ट शासनबाट जनता आजित भएको बताएका देउवाले कम्युनिष्ट शासन आए पछि रून पनि पाइँदैन भनेर पहिला भनेको कुरा अहिले आएर प्रमाणित भएको बताए । नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
