Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण


  • शनिबार, मंसिर २७ २०७७

  • कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।
    उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

    उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij