Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराजदूत कमानसिंह लामाको निधन


  • बिहिबार, मंसिर २५ २०७७

  • पूर्वराजदूत कमानसिंह लामाको निधन

    काठमाडौं– पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएका लामाको गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
    काभ्रेका लामा २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए। त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।
    उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल भए।

    इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij