काठमाडौं – सत्तारुद दल भित्रको विवाद फेरी स्थायी कमिटीमा पुगेको छ । अघिल्लो स्थायी समिति बैठकले ‘समाधानको सुत्र’ पहिल्याएको भनिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारमै अस्वीकार गरेकाले नेकपा भित्रको विवाद जस्ताको तस्तै रहेको छ ।
प्रदेश सरकार फेरवदल , मन्त्रीमण्डल पुर्नगठन, सहमतिया राजनितिक नियुक्ती र सरकारको काममा प्रधानमन्त्री ओली र पार्टीको काममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रित हुने सहमतिवाट ओली पछि हटे पछि प्रचण्ड – नेपाल पक्ष आक्रोशित बन्यो । त्यहि आक्रोश प्रस्तावकै रुपमा सचिवालय बैठकमा पेश भए पछि नेकपा विवाद फुट उन्मुख भएको छ ।
शनिवारको बैठकमा ओली सहभागी नभएको मात्र होइन, प्रचण्डको प्रस्तावमाथि छलफलै हुन नसक्ने भन्दै लिखित पत्र पठाए । अहिले पनि नेकपा भित्र प्रचण्ड प्रस्ताव फिर्ता लिन तयार छैनन भने ओली छलफल गर्न तयार छैनन । बरु प्रचण्ड पक्षमा बहुमतको आधारमा निर्णय गरेर अघि बढ्नु पर्छ भन्ने मत बलियो बन्दै गएको छ ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगाएतको साथले प्रचण्ड पक्ष संख्यात्मक हिसावले निकै बलियो छ । तर संख्यात्मक हिसावले कमजोर भए पनि सत्ताको साथ र रणनीतिका हिसावले ओली पनि कम छैनन । सम्वैधानिक हिसावले चाल्ने कदमका दृष्टिले राष्ट्रपति समेत ओलीको साथमा छिन ।
नेकपा भित्र दुवै पक्ष यति धेरै अघि बढी सकेकी त्यहाँ बाट फर्किन त्यति सजिलो देखिदैन । एउटा पक्ष लचिलो बन्ने वित्तिकै अर्को पक्षले पेल्छ कि भन्ने आशंका दुवै मोर्चामा देखिन्छ । आगामी मंसिर २८ सम्म पनि वातावरण सहज बनेन भने नेकपाको यात्रा थप विग्रह र विखण्डन तिर जाने निश्चित छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
