Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पौडेलको गिरफ्तारीको देउवाद्वारा कडा विरोध : देशव्यापी प्रतिरोधमा उत्रिने चेतावनी


  • बुधबार, मंसिर १७ २०७७

  • पौडेलको गिरफ्तारीको देउवाद्वारा कडा विरोध : देशव्यापी प्रतिरोधमा उत्रिने चेतावनी

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल माथी तनहुँमा गिरफ्तारी र अवरोधको कडा विरोध गरेका छन । बुधवार विज्ञप्ती जारी गर्दै देउवाले पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै देशव्यापी विरोध मा उत्रिने चेतावनी दिएका छन । देउवाले आफ्नो विज्ञप्तीमा भनेका छन –
    “तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ,” देउवाको विज्ञप्तिमा भनिएको छ, “ सरकारको यो निन्दनीय व्यवहारकाे भ्रत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।”
    यसै गरी पौडेलको गिरफ्तारी प्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि विरोध जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij