Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ मनोनयनमा परे पारस खड्का


  • मंगलबार, मंसिर ९ २०७७

  • ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’  मनोनयनमा परे पारस खड्का

    काठमाडौं – नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ ।
    मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।
    सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।
    उनले २०७६ असोज २८ मा कप्तानी छाडेका छन् । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij