काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा पार्टी सहमहामन्त्री बनेका छन । आज वसेको कांग्रेस केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री मनोनित गरेको हो ।
बैठकले राप्रपा त्यागेका अन्य नेताहरुलाई केन्द्रीय सदस्य मनोनय गरेको छ । बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), बृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) लाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।
यस्तै टीएन योगी (ललितपुर), दिलिप राई (झापा) आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
