Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुक्रवार ओलीले बोलाए नेकपा सचिवालय बैठक


  • बिहिबार, कार्तिक २७ २०७७

  • शुक्रवार ओलीले बोलाए नेकपा सचिवालय बैठक

    काठमाडौं – लामो समयको खिचातानी पछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक तय गरेका छन । ओलीले महासचिव विष्णु पौडेल मार्फत शुक्रवार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ । यस अघि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका बहुमत सचिवाल सदस्यले ओलीलाई बैठक स्वीकृतिका लागी लिखित आग्रह गरेका थिए । ओलीले बैठक नबोलाए प्रचण्ड पक्ष आफै बैठक बोलाउने पक्षमा थियो । सचिवालय बैठकमा स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनका वारेमा छलफल हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij