Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतका स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण सुरु, ठाँउ ठाँउमा विरोध


  • बुधबार, कार्तिक १९ २०७७

  • भारतका स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण सुरु, ठाँउ ठाँउमा विरोध

    काठमाडौ -प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आइपुगेका छन् । मानार्थ सेनापतिको पदवी ग्रहण गर्न उनी नेपाल आएका हुन । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेका छन् । पत्‍नीसहित चार सदस्यीय टोलीसहित नरवणे सेनाको विशेष विमानबाट नेपाल आएका हुन् ।

    आज उनको औपचारिक कार्यक्रम छैन । उनले नेपाल भ्रमणले आफु उत्साहित भएको भिडियो सन्देश मार्फत जनाएका छन । उनको आगमनको समयमा काठमाडौका विभिन्न ठाँउमा विरोध प्रदर्शन भएका छन । राष्ट्रपति विधादेवी भण्डारीले मानार्थ सेनापतिको पदवी दिने कार्यक्रम छ भने प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका विशिष्ठ व्यक्तिहरुसंग भेटने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij