Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रियसभाका पूर्वसांसद डा. राममान श्रेष्ठको निधन


  • शुक्रबार, असोज ३० २०७७

  • राष्ट्रियसभाका पूर्वसांसद डा. राममान श्रेष्ठको निधन

    काठमाडौं – राष्ट्रियसभाका पूर्वसांसद प्रा. डा. राममान श्रेष्ठको निधन भएको छ । उनको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् । उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले श्रेष्ठको निधनले आफू मर्माहत भएको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij