काठमाडौं– सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।
स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा बसेको कारण देखाउादै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
