चितवन – कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका(२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो ।
असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।
फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । उनमा मधुमेह, उच्च रक्तचापको समस्या थियो ।
स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
