काठमाडौं – नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको नेतृत्वमा ११ सदस्यीय सुनसरी–काठमाडौं सम्पर्क समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिव रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई, कोषाध्यक्ष मनोज बनेपाली छन् । यसैगरी सदस्यहरुमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादव र संजय खतिवडा छन् ।
सुनसरीबाट काठमाडौं आई बसोबास गरेकाहरुलाई कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएमा समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति आचार्यले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
